विश्वभर कोरोना संक्रमितको संख्या ६६ लाख ९४ हजार नाघ्यो, ३ लाख ९२ हजार बढीको मृत्यु

  • 1
    Share

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ९२हजार ९ सय ४० नागेको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमितको संख्या ६६ लाख ९४ हजार ५१२ पुगेको छ ।

कोरोना भाइरसबाट संक्रमितमध्ये २९ लाख २ हजार १३ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसबाट अमेरिकामा हालसम्म १८ लाख ७२ हजार ६ सय ६० जनामा संक्रमण भएको छ । त्यस्तै १ लाख ८ हजार २ सय ११ जनाको मृत्यु भएको छ । अमेरिकामा ४ लाख ८५ हजार २ जना निको भएका छन् ।

ब्राजिलमा ६ लाख १४ हजार ९ सय ४१ जना संक्रमित भएका छन् । ३४ हजार २१ जनाको मृत्यु भएको छ भने २ लाख ५४ हजार ९ सय ६३ जना उपचारपछि निको भएका छन् ।

त्यस्तै रसियामा ४ लाख ४० हजार ५ सय ३८ जना संक्रमित भएका छन् भने ५ हजार ३ सय ७६ जनाको मृत्यु भएको छ । यस्तै २ लाख ४ हजार १ सय ९७ जना उपचारपछि निको भएका छन् ।

बेलायतमा २ लाख ८३ हजार ७९ जना संक्रमित भएका छन् । ३९ हजार ९ सय ८७ जनाको मृत्यु भएको छ भने १ हजार २ सय १९ जना उपचारपछि निको भएका छन् ।

स्पेनमा संक्रमित संख्या २ लाख ४० हजार ६ सय ६० जना र मृतक संख्या २७ हजार १ सय ३३ पुगेको छ । १ लाख ५० हजार ३ सय ७६ जना उपचारपछि निको भएका छन् ।

इटलीमा २ लाख ३४ हजार १३ जना संक्रमित भएका छन् भने ३३ हजार ६ सय ८९ जनाको मृत्यु भएको छ । १ लाख ६१ हजार ८ सय ९५ जना निको भएका छन् ।

Total Page Visits: 106 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *