कोरोना : विश्वभर एक सय १७ नेपालीको मृत्यु, झण्डै १३ हजार संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वका विभिन्न देशमा रहेका १ सय १७ जना नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार यो हप्ता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या १ सय १७ पुगेको हो ।

तथ्यांक अनुसार यो हप्ता युएईमा ९, साउदी अरेबियामा ५, बेलायतमा २, नेपालमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको ज्यान गएको हो ।

एनआरएनएको स्वास्थ्य समिति संयोजक डा.सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । यस्तै संयुक्त अरब इमिरेट्समा १८ जना नेपालीले ज्यान गुमाएका छन् ।

अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ । साउदी अरेबियामा ७, नेपालमा ३, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ ।मृतक ५० देखि ९० वर्ष उमेर समूहका सबैभन्दा धेरै ५३ प्रतिशत रहेको एनआरएनएले जनाएको छ । नेपालसहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

Total Page Visits: 37 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *