भारतबाट अाएका ४ जनालाई राख्यो बुद्धशान्तिले क्वारेन्टाइनमा, सबैको स्वास्थ्य अवस्था सामान्य

  • 166
    Shares

बुद्धशान्ति । भारतबाट अाएका ४ जनालाई बुद्धशान्ति गाउँ पालिकाले क्वारेन्टाइनमा राखेको छ ।

बुद्धशान्ति १ को बुद्ध आदर्श माबिमा निर्माण गरिएको क्वारेन्टाइनमा उनीहरुलाई राखिएकाे बुद्धशान्ति १ का वार्ड अध्यक्ष भिमकुमार नेवारले जानकारी दिनुभयो ।

उहाँले हिजाे एक र अाज तीन जनालाई गाउँपालिकाले तयार गरेकाे क्वारेन्टाइनमा राखिएकाे बताउनु भयाे । क्वारेन्टाइनमा रहेका सबै बुद्धशान्ति गाउँपालिकाकै नागरिक भएको बताएको छ ।

क्वारेन्टाइनमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले जानकारी दिनुभयो ।

बुद्धशान्ति १ का वार्ड अध्यक्ष नेवारले गाउँपालिकाले ब्यवस्थित
क्वारेन्टाइन निर्माण गरेको र आवश्यकतालाई हेरेर क्वारेन्टाइनमा बेड थपिँदै लगिने बताउनु भयाे ।

अाज अाएका ३ जनाले कैलालीमा गरिएकाे अारडिटी परिक्षणमा नेगेटिभ देखिएकाे रिपोर्ट ल्याएकाे स्वास्थ्य शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो । हिजाे अाएकाकाे पनि स्वास्थ्य अवस्था सामान्य छ ।

Total Page Visits: 58 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *