नीति तथा कार्यक्रम जेठ २ गते अपरान्ह ४ बजे पेश हुने

काठमाडौं, ३० बैशाख । आगामी वर्षको नीति तथा कार्यक्रम जेठ २ गते अपरान्ह ४ बजे पेश हुने भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिपतिलाई अनुरोध गर्ने निर्णय गरेको बताइएको छ ।

वालुवाटारमा बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त वैठकमा जेठ २ गते अपरान्ह ४ बजे पेश गर्नु हुनेछ ।

नीति तथा कार्यक्रम पेश भएपछि हुने छलफल पश्चात आगामी जेठ १५ गते सरकारले आर्थिक बर्ष २०७७/७८ को बजेट पेश गर्ने कार्यक्रम रहेको छ ।

Total Page Visits: 46 - Today Page Visits: 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *