भारतले नेपाली भूमिमा सडक बनाएको प्रति सरकारकाे गम्भिर ध्यानाकर्षण

काठमाण्डौ – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि मिचेर सडक बनाएको संसदलाई जानकारी गराउनुभएको छ ।

प्रतिनिधीसभाको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले यो विषयमा औपचारिक धारणा राखिसकेको र भारतले नेपाली भुमिमा सडक बनाएको प्रति सरकारकाे गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो ।विश्व नै कोरोनाको संकटसँग जुधिरहेको बेला छिमेकी देशको संवेदनशील विषयलाई ख्याल गर्न पनि भारतसँग आग्रह गर्नुभएको छ ।

‘नेपाल सरकार सीमा निर्धारण सुगौली सन्धिअनुसार भएको ठान्छ, सन् १८१६ को सन्धि, पूरक सन्धि र १८६० को पूरक सन्धिका आधारमा सीमा निर्धारण गरेको हो । अर्को सन्धि भएको छैन । सन्धि, नक्सा, दस्तावेज र तथ्यका आधारमा यो समाधान गर्नुपर्छ । त्यो अनुसार लिपुलेक र लिम्पियाधुरा नेपालमा पर्छ’, ज्ञवालीले भन्नुभयो ।

नोभेम्बर २ मा भारतले राजनीतिक नक्सा प्रकासित गरेको र नक्सामा नेपालले मान्दै गएका कालीको मुहानबाट पूर्वका लिम्पियाधुरा लिपुलेक र कालापानी आफ्नो राखेकोमा त्यतिखेर नै नेपालले कूटनीतिक नोट पठाएको तर भारतले त्यसलाई बेवास्ता गर्दै अहिले सडक खन्नु दु:खद भएको उहाँको भनाइ छ ।

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भएको र यसमा केही कुरा गर्नुपर्ने भएकोले परराष्ट्रसचिव स्तरीय बैठकको लागि नेपालले पठाएको मितिलाई पनि बेवास्ता गरेको ज्ञवालीले बताउनुभयो ।

‘हामीले प्रस्ताव गरेको मितिको भारतले औपचारिक जवाफ नै नदिइकन नेपाली भूमि प्रयोग गरेर भारतले बाटो बनाएकोमा ध्यानाकर्षण भएको छ’, ज्ञवालीले भन्नुभयो ।

Total Page Visits: 30 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *