नाफा नोक्सानरहित ढङ्गले व्याज छुट दिन व्यवसायीको माग

  • 78
    Shares

तीर्थ तिम्सिना, बुधबारे । पछिल्लो समयमा विश्वमा माहामारिको रूपमा फैलिरहेको कोरोना भाईरसका कारण देश बन्दाबन्दिको अवस्थामा छ ।

बन्दाबन्दिको कारण उद्योगी व्यवसायी समस्यामा परेको भन्दै शुक्रबार झापा उद्योग वाणिज्य संघ शाखा कार्यालय बुद्धशान्तिले सरोकारवालासंग अन्तर्कृया सम्पन्न गरेको छ ।

उद्योग वाणिज्य संघ बुद्धशान्तिमा आवद्ध व्यवसायीहरुले नाफा नोक्सानरहित ढङ्गले व्याज छुट दिन माग गरेका छन् ।

बाणिज्यसंघको आफ्नै सभाहलमा व्यवसायीहरुले बैंकका प्रतिनिधिहरु संग अन्तर्कृया गर्दै उनीहरुले बैंकबाट लिएको ऋणको व्याजका सन्दर्भमा नाफा र नोक्सानरहित ढंगले विज्ञहरु राखेर उचित किसिमले व्यवस्थापन गरी व्याज छुट गर्न माग गरेका छन् ।

बैंकले लिने ब्याज, सेवाशुल्क, नवीकरण शुल्क, छुटका साथै स्प्रेड दर समेत उचित रुपमा कायम राख्न आग्रह गरिएको उद्योग वाणिज्य संघ शाखा बुद्धशान्तिका अध्यक्ष रुद्र चापागाईंले बताएका छन् । उनले बैंक तथा वित्तीय संस्थालाई सेवामुखी बन्न र बनाउन पनि ध्यानाकर्षण गराएका छन् ।

व्यवसायी र वित्तिय संस्था एकआपसमा नङ र मासुको जस्तो सम्बन्ध रहेको र एक आपसमा निरन्तर अन्तरकृया भई रहनु पर्ने अध्यक्ष चापागाईंको भनाई छ । उनले हालको विषम परिस्थितिमा उच्चस्तरिय समिती गठन गरि मार्का पर्ने र नपर्ने व्यवसायीको पहिचान गरि एउटा निश्चित प्रतिशत रकम छुट दिन स्थानीय, प्रदेश हुँदै केन्द्रिय वित्तीय संस्था सम्म माग राखेका छन् ।

उद्योग वाणिज्य संघ शाखा बुद्धशान्तिका निवर्तमान अध्यक्ष गोबिन्द पौडेलले देशमा बन्दाबन्दिको अवस्थाले व्यवसायीलाई प्रत्यक्ष असर गरेको भन्दै बैंकहरुले बार्षिक मुनाफालाई केही हदसम्म कम गर्दै आफ्ना सेवाग्राहीलाई थोरै भएता पनि व्याजमा छुट दिई अझ थप सेवा दिन सके केही हद सम्म व्यवसायीलाई राहत हुने धारणा राखेका थिए ।

उनले बन्दाबन्दिको अवस्थामा बैंक खोल्नुमात्र ठुलो कुरो नभएर ग्राहकको स्वास्थ्यलाई समेत मध्यनजर गर्न आग्रह गरेका थिए । उनले सेवा लिन आएका ग्राहक सेवाग्राहीको स्वास्थमा उचित व्यवस्थापन गर्न बैंकका प्रमुखहरु आग्रह समेत गरेका छन् ।

अन्तर्कृया कार्यक्रममा उद्योग वाणिज्य संघ बुद्धशान्तिका उद्योग उपाध्यक्ष गोपिप्रसाद न्यौपाने, वाणिज्य उपाध्यक्ष चन्द्रप्रसाद उप्रेती, सचिव दिपक सापकोटा, सदस्यहरु हरिप्रसाद पौडेल, चन्द्रप्रकाश कोइराला, खेमराज भट्टराई, रघुनाथ अधिकारी लगायतले आ आफ्नु धारणा राखेका थिए ।

त्यस्तै बैंकका तर्फबाट सनराईज बैंकका शाखा प्रमुख तेज थापामगर, नेपाल बैंकका प्रतीक बान्तवा, प्राईम बैंकका चक्रपाणि भण्डारी, एनआईसी एसिया बैंकका घनश्याम घिमिरे, गरिमा बिकास बैंकका सविन दाहाल, एक्सल डेभलपमेन्ट बैंकका सुरज ओझा लगायतले समेत बैंकर्सका तर्फबाट आ -आफ्नु धारणा राखेका थिए । उनीहरुले व्यवसायीको गुनासा र मागलाई आ -आफ्नो शाखा मार्फत प्रदेश हुँदै केन्द्रिय सम्म पठाउने बताएका छन् ।

Total Page Visits: 103 - Today Page Visits: 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *